लागूऔषधसहित १० जना पक्राउ

काठमाडाैं | चैत ३०, २०८०

लागूऔषधसहित १० जना पक्राउ

काठमाडौंः  ठुलो परिमाणको लागूऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ ।

 

अवैध  लागूऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागूऔषध ५ सय ३एम्पुल एवम् मनोनिपक पदार्थ नाइट्रोभेट १ हजार २सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागूऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ । 

 

पक्राउ परेकामध्ये दुई जना भारतीय कारोबारीसमेत छन् ।

 

विशेष सूचनाका आधारमा प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

 

उहाँका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन् । 

 

बूढानीलकण्डबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौंबाट भारतीय नागरिक विकास कुमार तथा काठमाडौं चाबहिलबाट सुनसरीका सञ्जय लिम्बू र विकास मण्डललाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरू सबैसँग खैरो हेरोइन बरामद गरिएको हो ।

 

यस्तै नियन्त्रित लागूऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्युरोबाट खटिएको टोलीले काठमाडौंको चन्द्रागिरिबाट धिरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धिरज कुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । 

 

उनीहरूबाट पनि विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ । उनीहरूलाई चैत १० गतेयताको दश दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबै जनामाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्